ब्राजिलमा विवाह अघी यौनसम्पर्क नगर्न गरेको अपिलको विरोध !

 कोरखबर   ९ भदौ, २०७७



भाद्र ९,काठमान्डौ- ब्राजिलमा युवा युवतीलाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न गरिएको अपिल लाई लिएर विरोध सुरु भएको छ । किशोरीहरु गर्भवती हुने र एचआईभी संक्रमण हुने समस्या निकै बढेपछि राष्ट्रपति जेर बोल्सोनारोले विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका थिए । 

त्यसको विरोधमा ब्राजिलका युवायुवतिहरुले सामाजिक संजालमा विरोध जनाईरहेका हुन्। सामाजिक सजाल प्रयोगकर्ताहरुले राष्ट्रपति जेर बोल्सोनारोले हालै जारी गरेको विज्ञप्तीले देशका किशोरकिशोरी विवाह अघि नै यौन सम्बन्ध राख्दछन भन्ने आशय व्यक्त गर्दै पुरै विश्वमा ब्राजिलको बदनाम गराएको आरोप लगाएका छन् । उनिहरुले ‘मलाई सेक्सको आवश्यकता छैन किनकि मेरो सरकारले मलाई हरेक दिन शोषण गर्छ’ भन्ने अभियान चलाएका छन्। र उनिहरुले राष्ट्रपति जेर बोल्सोनारो नेतृत्वको सरकार असफल हुँदै गएकोले देशको ध्यान मोड्न यस्ता विषय बस्तु अघि सारेको गम्भिर आरोप लगाएका छन् । 

ब्राजिलकी मानवअधिकार तथा परिवार मन्त्री डामारेस एल्भेसले देशका किशोर किशोरीले सामाजिक दबाबमा परेर शारीरिक सम्बन्ध बनाइरहेको बताएकी थिईन् । उनले युवाहरूलाई संयम राख्न सल्लाह दिँदै ‘आई चुज टू वेट’(म पर्खिन्छु) अभियानको सुरु गरेको बताएकी थिईन् । यसका साथै उनले ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे बहस समेत सुरु गरेकी छिन् ।

यस विषयमा ब्राजिलका विपक्षी वामपन्थी दल र आलोचकहरूले यौन सम्पर्कमा संयमका लागि जोड दिएर सरकारले युवाहरूलाई यौन सम्वन्धप्रति गलत धारणा राख्न प्रेरित गरेको र उनीहरूको स्वास्थ्यमा हानि गर्न सक्ने बताएका छन् । तर राष्ट्रपति जेर बोल्सोनारो र उनका सहयोगीहरूले भने वामपन्थीहरूमाथि कम उमेरमै यौन सम्बन्ध बनाउन किशोरहरूलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । 

सरकारको अपिल र राष्ट्रपति जेर बोल्सोनारोको अभिव्यक्तिको विरोध गरिरहेका युवा युवतिहरुले सरकारले धार्मिक मान्यताहरूको आधारमा सरकारी नीति बनाउने कोशिश गरेको आरोप लगाएका छन् ।

तथ्यांकका अनुसार ब्राजिलको किशोर गर्भावस्था दर संसारमै सबभन्दा धेरै छ । विश्वमा टीनएज प्रेग्नेन्सी दर ४४ प्रतिशत हुँदा ब्राजिलमा यो ६२ प्रतिशत छ ।  ब्राजिलमा यौन संक्रमणका केस पनि निकै धेरै छन् ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post