बीपी क्यान्सर अस्पतालमा रोकीएका सवै सेवा सुरु !

 कोरखबर   ८ भदौ, २०७७



भाद्र ८​,चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट फेरि शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा।देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरुले आजबाट काम गर्ने बताए । परीक्षणका क्रममा १७ नर्स र चार सहयोगीलाई सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ । अस्पतालका बहिरङ्ग सेवाहरु नियमित गरिएको छ ।यद्यपि अस्पतालमा आउनै पर्ने भए मात्र अस्पताल आउन अनुरोध गरिएको छ ।

अस्पतालले विशेषज्ञ चिकित्सकहरुको नाम र टेलिफोन नम्बर सार्वजनिक गरेकाले आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ । अस्पतालमा दैनिक ५० भन्दा बढी एम्बुलेन्स देशका विभिन्न क्षेत्रबाट आउने गर्दछन् । 

यसैबीच  सो अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी कोरोना परीक्षण थालिने भएको छ । अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रयोगशाला सञ्चालन गर्ने विषयमा जानकारी गराइसकेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post