रेमडिसिभर औषधि नेपाल आईपुग्यो, कोभिडको उपचारमा प्रभावकारी हुने

 कोरखबर   ६ भदौ, २०७७



भदौ ६, काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधि वैधानिक रुपमै नेपालमा भित्रिएको छ। औषधि व्यवस्था विभागको अनुमतिपछि पहिलो पटक यसलाई वैधानिक रुपमा ल्याइएको हो।

यसअघि वैधानिकता नपाउँदै कोरोना संक्रमितहरुले यो औषधि ल्याएर प्रयोग गर्दै आइरहेका थिए। नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गराएका विराट नर्सिङ होमका मालिक डा. ज्ञानेन्द्र कार्कीले नै पहिलो पटक यो औषधि प्रयोग गरेका थिए।

गम्भीर अवस्थाका कोभिड-१९ का बिरामीका लागि उनका आफन्तहरुले आफ्नै प्रयासमा ‘जुगाड’ गरी प्रयोगमा ल्याउने गरेका थिए। अब भने वैधानिक रुपमै प्रयोग यो औषधि कोभिडका बिरामीमा प्रयोग हुनेछ।

माइलन कम्पनीले उत्पादन गरेको औषधि त्यसको आधिकारिक आयातकर्ता सिनर्जी ओभरसिज प्रालिले शुक्रबार बिहान नेपालमा ल्याएको हो। उता सिप्ला कम्पनीले बनाएको रेमडिसिभिर औषधि अर्को आयातकर्ता यतिकेम प्रालिले ल्याउँदैछ। समाचार अनुसार त्यो औषधि हवाई मार्ग सहज नभएकोले स्थलमार्गबाट तीन चार दिनमा आइपुग्ने छ। 

अहिले पहिलो खेपमा पाँच सय भाइल औषधि ९खोप० ल्याइएको हो। औषधि व्यवस्थापन विगागका महानिर्देशक नारायण ढकालले  हाल आइसकेको औषधि आवश्यक भएका ठाउँमा वितरण भइसकेको बताएका छन्। 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post