शनिवार ६३४ जनामा कोरोना पोजेटिभ,उपत्यकामा संक्रमित थपिदै !

 कोरखबर   ६ भदौ, २०७७



६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका छन् ।

यस्तै पर्साका ५९, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ ।

बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३÷३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २/२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ । यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा बसिरहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post