खुशीको खबर : आगामी २ वर्षभित्र कोरोना नियन्त्रणमा आउने !

 कोरखबर   ६ भदौ, २०७७



काठमाण्डौ - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अबको दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने आशा गरेको छ । 

संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेससका अनुसार सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको छ । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उहाँले बताउनुभयो ।

स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको भन्दै उहाँले अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको उहाँले बताउनु भएको हो । उहाँले एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि बताउनु भएको छ । स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो ।

कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ । एजेन्सी



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post