काठमाडौं उपत्यकाभित्र आज ३१ जना कोरोना संक्रमित थपिए

 कोर खबर   १८ सावन, २०७७



काठमाडौं । काठ्माण्डौ उपत्यकामा आज मात्रै ३१ जना कोरोना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा २२ ललितपुरमा ८ जना र भक्तपुरमा १ जना छन् ।

काठमाडौंमा कोरोना संक्रमितको संख्या ६१४ पुगेको छ । जसमा काठमाडौंमा ४५० जना, ललितपुरमा १०५ र भक्तपुरमा ५९ जना रहेका छन् ।

हाल सम्ममा नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । आज २४६ जना थपिएका छन् । शनिबार ३१५ जना थपिएका थिए । शुक्रबार २२४ जना थपिएका थिए । विहिबार २७४ जना थपिएका थिए । यस्तै बुधबार २१० जना थपिएका थिए । आज ८ हजार ८६१ को पिसिआर परिक्षण गरिएको थियो । अब सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ छ ।

यस्तै निको हुनेको संख्या १४ हजार ६०३ जना पुगेको छ । आज १११ जना निको भएका छन् । शनिबार ९३ जना निको भएका थिए । शुक्रबार १५१ जना निको भएका थिए । विहिबार २२७ जना निको भएका थिए । यस्तै बुधबार १४६ जना निको भएका थिए । ७२ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ५७ पुगेको छ । आज वीरगंजमा १ जनाको मृत्यु भएको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ५ जिल्ला कोरोना मुक्त भएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post