बारामा आजदेखि अनिश्चितकासलन निषेधाज्ञा सर्तकता अपनाउन अनुरोध

 कोर खबर   १८ सावन, २०७७



बारा । कोरोना भाईरस कोभिड १९ संक्रमितको संख्या बढ्ने खतरा देखिन थालेपछि बारामा आइतवारदेखि अनिश्चितकालको लागि निषेधाज्ञा लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय बाराले आईतवार विहान ५ वजे देखि अर्को सुचना जारी नभए सम्म जिल्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो । छिमेकी जिल्ला पर्साको विरगंजमा संक्रमितको संख्या दिनहु बढ्नाले जिल्लामा संक्रमित फैलिन नदिने निषेधाज्ञा लागू गरिएको हो ।

संक्रमण फैलिन नदिन र रोकथाम नियन्त्रणको लागि निषेधाज्ञा जारी गरि अति आवश्यक काम बाहेक सर्वसधारणलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराएका छन् ।

बारा पर्सा जोड्ने हुलाकी राजमार्गमा पर्ने सवै स्थानिय तहहरु कलैया बजार क्षेत्र, पथलैया विरगज औधोगीक करिडोरहरुमा पर्ने जितपुर सिमरा, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरु पुर्ण रुपमा बन्द गरिएको छ ।

अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधनहरु जस्तै विधुत, खानेपानी, खाद्धयन, दुध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारी चारपाङ्गे, मोटरसाईकल लगायत अन्य साधनहरु पुर्ण रुपमा बन्देज लगाईएको छ ।

आवश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यलयहरु पुर्ण रुपमा बन्द रहेको छ । निषेधाज्ञा अवधिभर औषधी पसलहरु संचालनमा रहेको छ । निषेधाज्ञा अवधिभर अति आवश्यक तरकारी, दुध, ग्यास, साईकल तथा ठेला गाडामा राखेर विहान १० बजे सम्म बिक्री वितरण गर्न पाउने छन् । कुनै पनि धार्मिक कार्य, विवाह, भोजभतेर गर्न प्रतिबन्ध लगाईएको छ ।

उद्योगी व्यवसायीहरु कलकरखाना सञ्चालन गर्दा कामदारहरुलाई उचित मापदण्ड ग्लबस, मास्क, सेनिटाईजर प्रयोग गरि सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । भारतसँग जोडिएको नाकाहरु पुर्ण रुपमा बन्द गरि निगारीन चुस्त दुरुस्त बनाउन सम्बन्धित निकायलाई भनिएको छ ।

गत हप्ता मात्र देवताल गाउपालिकाका अध्यक्ष वडाध्यक्ष सहित ४६ जना निको भएर घर फर्केको अवस्था रहेको छ । जिल्लाको तालिम केन्द्रमा निमार्ण गरिएको ५० शैयाको क्वारेन्टाईन लथालिङ्ग अवस्थामा रहेको छ । कलैया उपमहानगर र प्रदेश सरकारले सिचाई कार्यलयमा स्थायी कोरोना अस्पताल निमार्ण गर्न गरेको निर्णय कागज मै सिमित रहेकोले जिल्लावासी वियोगमा परेका छन् ।

कोरोनाबाट बारामा २, रौतहटमा १, पर्सामा ११ र १ जनाको पहिचान नखुलेको गरि १५ जनाको मृत्यु भईसकेको छ । आईतवार बिहान ५ बजे देखि निषेधाज्ञा जारी गरिएसँगै जिल्लाभरिको मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ ।

जनैपुर्णिमा भएकोले मिठाई पसलेहरुले मिठाई बनाई स्टक गरिसकेकाले एक दिनको लागि भएपनि मिठाई र रक्षाबन्धन ९राखी० पसल सञ्चालन गर्न दिन बारा उधोग वाणिज्य सँघले प्रशासनसँग अनुरोध समेत गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post