इलामको थप ५ जना प्रहरीमा कोरोना पोजेटिभ पुष्टी

 कोर खबर   १६ सावन, २०७७



इलाम । बिभिन्न स्थानहरुमा प्रहरीलाई कोरोना पोजेटिभ देखिदै गर्दा इलाममा समेत पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । असार ११ मा श्वाव संकलन गरेका १५ जनामध्ये पाँच जनामा संक्रमण पोजेटिभ देखिएको हो । आज देखिएका सबै सदरमुकामस्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी रहेका छन् ।

उनीहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँमा लाने तयारी भइरहेको सशस्त्र प्रहरीको एक नम्बर गणका सुदिर जंग थापाले बताए । पछिल्लो पटक लगातार इलामका सुरक्षाकर्मीमा संक्रमण पोजिटिभ देखिन थालेको छ । यसअघि पनि पाँच जनामा संक्रमण देखि सकिएको छ । आज देखिए सँगै सशस्त्र प्रहरीका १० जना पुगेका छन् ।

सशस्त्र प्रहरीमा साउन ११ गते ५ जनामा कोरोना संक्रमण पुष्टि देखिएसँगै इलाम बजार नियमीत गस्ती भएको छैन । आज देखिएका पाँच जना पनि सेल्फ क्वारेन्टाइनमा रहेको थापाले जानकारी दिए । उनले भने अब ४० जनाको रिपोर्ट आउन बाँकी रहेको र थप ४० जनाको पनि श्वाब संकलनको तयारी भइरहेको छ ।
यसअघि इलामका ३५ जनामा संक्रमण देखिएको थियो । ५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post