प्रहरी प्रधान कार्यालयमा थप १८ जनालाई कोरोना भाइरसको संक्रमण

 कोर खबर   १६ सावन, २०७७



काठ्माण्डौ । प्रहरी प्रधान कार्यालय, नक्सालकाठ्माडौका थप १८ जनालाई कोरोनाभाइरसको संक्रमण भएको छ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले थप १८ जना प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

यो सँगै प्रहरी प्रधान कार्यालय काठ्माण्डौमा कोरोना संक्रमित हुने प्रहरीको संख्या ७२ पुगेको छ । बिहीबारसम्म ५४ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको थियो। संक्रमण बढेपछि प्रहरी प्रधान कार्यालय अन्तर्गतका शाखाहरुमा भीडभाड घटाउने गरी थोरै प्रहरीलाई काममा लगाउन थालिएको प्रहरी प्रवक्ता कडायतले बताए।

“संक्रमितको सम्पर्कमा पुगेकाहरुलाई खोजेर क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ”, उनले भने। उनका अनुसार, शंकास्पद व्यक्ति पहिचान गरेर पीसीआर मार्फत परीक्षण गर्ने क्रम बढाइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post