वीरगञ्‍ज महानगरका मेयरमा कोरोना संक्रमण

 कोर खबर   १६ सावन, २०७७


पर्सा– कोरोना भाइरस (कोभिड-१९)  'हटस्पट' बनिरहेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी पनि संक्रमित भएका छन्। 

सरावगीले आफूलाई कोरोना संक्रमण भएको पुष्टि सामाजिक सञ्‍जालमार्फत गरेका छन्। उनले यसको जानकारी आमनगरवासीलाई फेसबुकमार्फत गरेका हुन्।  उनले आम नगरवासीको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको जानकारी गराएका हुन्।

अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै उनले चाँडै कोरोना जितेर पुनः काममा फर्कने पनि उल्लेख गरेका छन्।

'कोरोना महामारीको समयमा जनताको सेवामा लाग्दा आफैं कोरोना सङ्क्रमणको चपेटमा परेँ', उनले भनेका छन्, 'मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ। चाँडै निको भएर काममा फर्किनेछु।'

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post