धरान उपमहानगरपालिका कोरोनाको उच्च जोखिममा

    १५ सावन, २०७७



सुनसरी । सुनसरी जिल्लको धरान उपमहानगरपालिका कोरोनाको उच्च जोखिममा परेको छ । तीनकुनेस्थित औद्योगिक क्षेत्रमा सञ्चालित प्रिति भल्वमा जनकपुरबाट एक कोरोना संक्रमित व्यक्तिबाट धरानमा कोरोना फैलिएको बताइएको छ ।

औद्योगिक क्षेत्रमा अशोक अग्रवालले सञ्चालन गरेको प्रिति भल्वको उद्योगबाट कोरोना भित्रिएको बताइएको छ । उक्त उद्योगमा काम गर्ने धरान १३ का २८ वर्षिय एक पुरुषमा कोराना पोजेटिभ देखिएको हो ।

संक्रमित व्यक्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भई उपचाररत रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

संक्रमित व्यक्तिको कन्ट्रयाक टे«सिङका आधारमा १३ जनाको पहिचान गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताउनुभयो । कोरोनाको संक्रमण पुष्टि भएका व्यक्ति प्रदेश १ का सभामुख प्रदीप भण्डारीको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति भएको बताइएको छ ।

धरानका मेयर तिलक राईले धरानमा कोरोनाको जोखिम बढेकाले तत्काल सुरक्षा प्रमुखसहितको बैठक बसेर धरानलाई सुरक्षित बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post