थप ९ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण

    १५ सावन, २०७७


काठमाडौं । प्रहरी प्रधान कार्यालयकाठमाण्डौमा कार्यरत प्रहरीमा कोरोना भाईरस संक्रमण देखिएको छ । सुरुमा ४ जनामा संक्रमण देखिएसंगै थप ९ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण देखिएको हो । संक्रमण देखिएपछि उनीहरुको सम्पर्क ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको प्रहरी प्रवक्ता ९एसएसपी० कुवेर कडायतले जानकारी दिए । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् । प्रहरी प्रधान कार्यालयको सवारी ९एमटी० शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post