कोरोनाबाट साउदीमा ३५ भन्दा बढी नेपालीको मृत्यु

    १५ सावन, २०७७



साउदी अरेबिया । विश्वभर माहामारसका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ बाट साउदी अरेबियामा कार्यरत ३५ भन्दा बढी नेपालीको मृत्यु भएको छ। ४ हजारभन्दा बढी संक्रमित भएका छन्। केही दिनबाट साउदीमा कोरोनाबाट मृत्यु  हुनेको संख्या  बढेको छ। दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले साउदीमा कार्यरत अप्रवासीमा कोरोना संक्रमण बढ्दो रहेकाले साउदी  सरकारले दिएको निर्देशन पालना गरी सुरक्षित रूपमा रहन आग्रहसमेत गर्दै आएको छ। 

दुतावास रियाद र वाणिज्य दुतावास जेद्धामा कार्यरत २ कर्मचारीमा समेत कोरोना  देखिएको छ । यस  भाइरसबाटलगभग २० दिनभित्र ५ जना नेपालीको मृत्यु भएको छ।  साउदीमा हालसम्म २ लाख  ७२ हजार ५  सय ९० जनामा संक्रमण देखिएको छ। ४२ हजार ५ सय संक्रमित विभिन्न हस्पिटलमा विशेष रुपमा उपचार  लिइरहेका छन् भने २ हजार १ सयभन्दा बढीको अवस्था गम्भीर छ। 

साउदी सरकारले कोरोना भाइरस  र अन्तर्राष्ट्रिय उडान स्थगन अवधिमा म्याद सकिएका भिषा थप्ने कार्य अनलाइनबाट पुनस् सुरु गरेको छ। सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नवीकरण नगरेका  ४ सय ९८ नेपालीलाई वहिर्गमन भिषासमेत जारी गरेको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post