कोरोना भाइरस नेपाल: थप १३९ जना सङ्क्रमित, तीन जनाको मृत्यु

 कोर खबर   १४ सावन, २०७७



काठमान्डौ– देशभरिमा गत चौबीस घण्टामा थप १३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ। अहिलेसम्म ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३,७५४ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ४,९२० व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ।

साउन ६ गते रातिदेखि लकडाउन खुलेको छ दिन अगाडि र छ दिन पछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइनेको प्रतिशतमा खास फरक नआएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

"लकडाउन भन्दा अगाडिका छ दिनमा गरिएका पीसीआर परीक्षणमा औसत ३.२% सङ्क्रमण पुष्टि भएका थिए भने लकडाउन खुलेपछि सो औसत ३.३% रहेको छ," उनले भने।

अरू आँकडा के छन्?

विगत २४ घण्टामा पीसीआर विधिबाट ३,३०० वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३४२,४५७ रहेको छ।

अहिले देशभरिका क्वारन्टीनमा १६,३७९ जना छन्। प्रवक्ता डा जागेश्वर गौतमका अनुसार निकट भविष्यमा दैनिक १८ हजारभन्दा धेरै पीसीआर परीक्षण गर्न सक्ने क्षमता विकास भइरहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post