धनगढी । सुदुरपश्चिममा कोराना भाईरस कोभिड(१९)को संक्रमण दर फेरि बढेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले डडेलधुरा अस्पतालमा मंगलबार भएको परिक्षणमा ८० जनामा कोरोना पुष्टि भएको बताएको छन ।
सेती प्रादेशिक अस्पतालयमा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिला गरी चारजनामा कोरोना पुष्टि भएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । मंगलबार थपिएका संगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भइसकेका छन् भने ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ११ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय १५, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका पाँच सय १५, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ८२ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो २८ सय कोरोना संक्रमित निको भए
सुदूरपश्चिमका दुई हजार ८ सय १९ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट सोमबार थप ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कञ्चनपुरबाट ३४ र कैलालीबाट पनि ३४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए । सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या दुई हजार ८ सय १९ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कैलालीका चार सय ५९, कञ्चनपुरका चार सय ४९, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जना डिस्चार्ज गरिएको छ ।
बाजुरा एक सय ७०, बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी एक हजार चार सय २० जना भने घर र स्थानीय तहको क्वारेन्टाइनमा छन् ।
मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल बाजुरा र डोटीमा दुई÷दुई जना गरी ५३ जनाको उपचार भइरहेको छ ।