काठमण्डाै – एक जनामा काेभिड – १९ सङ्क्रमणकाे आशङ्का गरिएपछि उत्तर काेरियाले दक्षिण काेरियाकाे सीमासँग जाेडिएकाे केसङ्ग सहरकाे सीमा सिल गरेकाे छ ।
उत्तर काेरियाली नेता किम जाेङ उनले देशमा सङ्कटकाल लगाउँदै पाेलिटब्युराेकाे बैठक बाेलाएका छन् । उत्तर कोरियायाकाे सरकारी समाचार एजेन्सी केसीएनका अनुसार किम जोङ उनले भने, 'विषालु भाइरस हाम्राे देशमा पसेकाे छ ।'
यदि सङ्क्रमणकाे आशङ्का गरिएकामा काेराेना पुष्टि भए याे आधिकारिक रुपमा उत्तर काेरियामा पहिलाे सङ्क्रमण हुनेछ । यसअघि उत्तर काेरियाले आफैलाई काेराेनामुक्त भएका दाबी गर्दै आएकाे छ ।
यद्यपि विशेषज्ञहरुले भने चीनकाे नजिक भएर पनि उत्तर काेरिया काेराेना भाइरसबाट अछुताे रहनु असम्भव भएकाे मानेका थिए । उत्तर काेरियाका अनुसार काेराेनाका आशङ्का गरिएका ती व्यक्ति तीन वर्षअघि दक्षिण काेरिया गएका थिए र गएकाे हप्ता केसङ्ग सीमा भएर फिर्ता भएका थिए ।