वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

 कोरखवर   ८ सावन, २०७७


काठमाडौं : नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ।

वीरगञ्जमा साउन ६ गते  मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ।  वीरगंज महानगरपालिकाका बासिन्दा रहेका उनी निमोनियाबाट ग्रसित थिए। वीरगंजस्थित एडभान्स हस्पिटलमा उपचारत ति बिरामीलाई गत मंगलबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

  नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा मृत्यु भएका वीरगंज–६ माइस्थानका ७० वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु मदन कुमार उपाध्यायले जानकारी दिए।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post