समाज

सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले ६.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ।

कीर्तिपुरमा जारी डे-नाइट खेलमा टस हारेर ब्याटिङ थालेको विराटनगरले ४.४ ओभरमा ३३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। ओपनर तथा विकेटकिपर लोकेश बम १७ बलमा २ चौकासहित १५ रन बनाएर आउट भए।

उनलाई किशोर महतोले विकेटकिपर डिकवेलाको हातबाट क्याच आउट गराए। अहिले क्रिजमा इमरान शेख १३ बलमा १० रन र चरिथ असलङ्का १० बलमा १ चौकासहित ७ रन बनाएर अविजित छन्। विराटनगरले अतिरिक्तबाट १० रन प्राप्त गरेको छ।

विज्ञापन

लुम्बिनीका बलरहरूले सुरुवाती ओभरमा कसिलो बलिङ गरेका छन्। किशोर महतोले १ ओभरमा मात्र २ रन खर्चिएर १ विकेट लिएका छन्।

यस्तै, अभिषेश गौतमले २ ओभरमा ८ रन र शेर मल्लले १ ओभरमा ४ रन दिए। रुबेन ट्रम्पेलम्यानले २ ओभरमा २० रन खर्चिँदा अली शेखले ०.४ ओभरमा ४ रन दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।