खेलकुद

सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्सले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएर सम्हालिएको सुरुवात गरेको छ।

कीर्तिपुरस्थित मैदानमा विराटनगरले पावरप्लेको पहिलो ६ ओभरमा सुरुवाती दुई विकेट गुमायो। ओपनर इमरान शेख १.४ ओभरमा व्यक्तिगत १० रन बनाएर विपिन खत्रीको बलमा क्याच आउट भए। त्यसपछि आएका चरिथ असालंका ३.१ ओभरमा खाता नै नखोली रमेश मेन्डिसको बलमा पेभेलियन फर्किए।

सुरुवाती दुई विकेट चाँडै गुमे पनि विकेटकिपर ब्याटर लोकेश बमले आक्रामक रूपमा खेल्दै इनिङ अघि बढाएका छन्। उनलाई क्रिजमा बसिर अहमदले साथ दिइरहेका छन्। पोखराका बलर विपिन खत्री र रमेश मेन्डिसले पावरप्लेभित्र १-१ विकेट हात पारे।

विज्ञापन

यसअघि पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रन जोड्दै अलआउट भएको थियो। विराटनगरका कप्तान सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका थिए। उनले १५औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिकसमेत पूरा गरे।

पोखराका लागि युवराज साम्राले एक्लै लड्दै ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतले ८४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले।

त्यस्तै धनञ्जय लक्षणले २२ र सन्नी बिकले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असालंका र रूपेश सिंहले १-१ विकेट लिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।