कला तथा मनोरञ्जन

‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ कृतिसङ्ग्रह सार्वजनिक

धीरकुमार श्रेष्ठको सम्पादन र भारती गौतमको अतिथि सम्पादनमा प्रकाशित ‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ (कृतिसङ्ग्रह) लाेकार्पण भएकाे छ।

कृति सार्वजनिक कार्यक्रमका अध्यक्ष प्राध्यापक नारायण जोशी, प्रमुख अतिथि अग्रज साहित्यकार रमेश खकुरेल, विशेष अतिथिहरुमा प्राडा दयाराम श्रेष्ठ, रेडियो नेपालका पूर्व निर्देशक एवम् धार्मिक कार्यक्रमका सञ्चालक पुरुषोत्तम सापकोटा, प्राडा माधवप्रसाद पोखरेल, प्राडा गोविन्दराज भट्टराई अतिथिहरुमा प्राडा हेमचन्द्र नेपाल र प्राडा जीवन अधिकारी थिए।

काठमाडौँमा सार्वजनिक भएकाे कार्यक्रमकाे सञ्चालन विनोद पाेखरेलले गरेका थिए। कार्यक्रममा धनकुटेली समागमका संयोजक शशिशेखर श्रेष्ठले उपस्थितजनलाई शब्दमार्फत स्वागत गरेका थिए।

विज्ञापन

प्रमुख अतिथि रमेश खकुरेलले हेमचन्द्र पोखरेलसँगको व्यक्तिगत सम्बन्धबारे प्रकाश पार्दै उनको व्यक्तित्व तथा कृतित्वको चर्चा गरेका थिए।

सभाध्यक्ष प्राध्यापक नारायण जोशीले हेमचन्द्र पोखरेलसँगको ३५ वर्षको सङ्गतको चर्चा गर्दै उनका प्रकाशित अप्रकाशित कृतिहरू सङ्कलन गरी पुस्तक प्रकाशनमार्फत उनलाई चिनाउने काम गरेकोमा सम्पादक धीरकुमार श्रेष्ठ र गुरु पुत्री भारती गौतमलाई विशेष धन्यवाद दिएका थिए।

कृतिका सम्पादक धीरकुमार श्रेष्ठले अक्षर अविनाशी हुने र आफू अक्षरको पुजारी भएकाले अक्षरको नाता हेमचन्द्र पोखरेलसँग गाँसिएको बताए। उनले विज्ञान र प्रविधिको समयमा केन्द्र र मोफसल भङ्ग भएको बताए। धनकुटामा बसेर शिक्षा र साहित्यको सेवा गर्ने हेमचन्द्र पोखरेलविना त्यहाँको इतिहास पूरा नहुने तर्क गरे। उनका कृतिहरू सङ्कलन गरी प्रकाशित गर्ने कार्यमा सहयोग पु¥याउने सबैप्रति आभार प्रकट गर्नुका साथै कृतिभित्रका अध्ययनीय विषयबारे प्रकाश पारे।

गुरु हेमचन्द्र पोखरेलकी सुपुत्री भारती गौतमले आफ्ना पिताको स्मरण गरे। बुबाको खोजीमा रहेकी उनले कृति र कार्यक्रममा सहभागीहरुको उपस्थितिमार्फत उहाँलाई प्राप्त गरेको अनुभूति प्रस्तुत गरेका थिए।

सम्पादक धीरकुमार श्रेष्ठ तथा धनकुटेली समागमलाई विशेष धन्यवाद दिँदै उनले उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए।

कार्यक्रममा प्राडा हेमचन्द्र नेपालले कृति सम्पादनबारे, प्राडा जीवन अधिकारीले हेमचन्द्र पोखरेलका संस्कृत रचनाबारे, प्राडा गोविन्दराज भट्टराईले सम्पादित कृतिको मूल्यवत्ताबारे, प्राडा माधवप्रसाद पोखरेलले हेमचन्द्रसँग पूर्व संस्मरण र पुरुषोत्तम सापकोटले धार्मिक कार्यक्रम सञ्चालनका क्रममा हेमचन्द्र पोखरेलसँग भएका भेटघाट र उनका संस्कृत रचना वाचन गरेका थिए।

कार्यक्रममा उमेशचन्द्र अधिकारीबाट निर्मित हेमचन्द्र पोखरेलको पेन्सिल चित्र धनकुटेली समागमका तर्फबाट अध्यक्ष प्रा. नारायण जोशीमार्फत कार्यक्रमकी प्रायोजक तथा अतिथि सम्पादक भारतीय गौतमलाई उपहार स्वरूप प्रदान गरियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।