साउथ अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा पनि बंगलादेशले खराब प्रदर्शन जारी राखेको छ।
सेन्चुरियनमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिमा उत्रिएको भ्रमणकारी टोली बंगलादेशमा मात्र ३३.३ ओभरमा ९१ रनमा अलआउट भएको छ।
बंगलादेशका लागि मुहफिजुल इस्लामले सर्वाधिक २३ रन बनाए। तोवहिक रिदोइले १९ र मोमिनुल हकले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बंगलादेशलाई सस्तैमा समेट्न कागिसो राबाडा र मार्को जान्सेनले समान ३ विकेट लिए। एन्रिच नोर्त्जेले २ विकेट लिँदा वीआम मुल्डर र सिमोन हार्मरको नाममा एकएक विकेट रह्यो।
२ म्याचको सिरिजमा साउथ अफ्रिका अगाडि छ। पहिलो खेलमा घरेलु टोलीले ९ विकेटको जित निकालेको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।