कला तथा मनोरञ्जन

सरकारका हरेक कुरामा अंकुश लगाउने प्रयास भयो : सन्तोष सेन

फिल्म निर्देशक सन्तोष सेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई अप्रत्यक्ष रूपमा आफ्नो सहमति जनाएका छन्।

सामाजिक सञ्जालमा आइतबार राति महाधिवेशनलाई लिएर गरेको प्रधानमन्त्री बालेन्द्र शाहको एक स्टाटसमाथि धेरैको आलोचना आउन थालेपछि सेनले सहमतिपूर्ण प्रतिक्रिया जनाएका हुन्।

सरकारका हरेक कुरामा अंकुश लगाउने प्रयास भएको भन्दै टिप्पणी गरेका छन्। उनी लेख्छन्, ‘रामा राम रास्वपाले बहुमत ल्याउन नसकेको भए त दुई महिना पनि टिक्न नदिने रहेछन्। जे कुरामा पनि अंकुश लगाउने प्रयास।’

विज्ञापन

उनले थपे, ‘थ्यांक गड पाँच वर्ष सरकार चलाउने जनादेश छ। काग कराउँदै गर्छ, पानी सुक्दै गर्छ। आलोचना र विरोध आफ्नो ठाउँमा छ। तर सरकारको काम भनेको काम गर्नु हो, काम गरौँ सरकार काम, जनताले परिणाम चाहान्छन् भाषण हैन।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।