खेलकुद

लुम्बिनीलाई फाइनलतिर डोऱ्याउँदै डिकवेला, अर्धशतक पूरा

विकेटकिपर ब्याटर निरोशन डिकवेलाको आक्रामक अर्धशतकको मद्दतले लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलनजिक पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले १४.५ ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएको छ।

क्रिजमा डटिरहेका डिकवेलाले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका छन्। उनलाई २ रन बनाएका दिलीप नाथले साथ दिइरहेका छन्। सोझै फाइनल प्रवेशका लागि लुम्बिनीलाई अब ३१ बलमा मात्र १५ रन आवश्यक छ।

विज्ञापन

जिततर्फ अग्रसर लुम्बिनीविरुद्ध सुदूरपश्चिम रोयल्सका बलर थरिन्दु रत्नायकेले दुई विकेट लिँदै खेलमा फर्कने प्रयास गरेका थिए।

रत्नायकेले ९.३ ओभरमा ६२ रनको स्कोरमा कप्तान रोहित पौडेललाई अनिल खरेलबाट क्याच आउट गराए भने १३.३ ओभरमा ८५ रनको स्थितिमा सन्दीप जोरालाई आफैंले क्याच लिँदै पभेलियन फर्काए।

यसअघि लुम्बिनीले ओपनर डार्सी सर्टलाई शून्य र आसिफ शेखलाई ४ रनमा गुमाएको थियो।

सुदूरपश्चिमका लागि रत्नायकेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने स्कट कुगेलेइन र हेमन्त धामीले १-१ विकेट हात पारे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।