अन्तर्राष्ट्रिय

रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसले युक्रेनका विभिन्न सहरलाई लक्षित गरी रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

आक्रमणमा राजधानी किएभका तीनवटा महत्वपूर्ण पुलमा क्षति पुगेको छ भने पश्चिमी सहर लभिभस्थित रेल्वे स्टेसनमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ।

रुसी ब्यालिस्टिक क्षेप्यास्त्रले किएभस्थित ड्निप्रो नदीमाथिका पोदिल्स्को–भोस्क्रेसेन्स्की, दार्नित्स्की र साउदर्न पुललाई निशाना बनाएका थिए। यी पुल राजधानीका विभिन्न क्षेत्र जोड्ने महत्वपूर्ण मार्ग हुन्। आक्रमणपछि तीनवटै पुल यातायातका लागि बन्द गरिएको छ।

विज्ञापन

यसले किएभमा आवतजावत थप प्रभावित भएको छ। किएभका मेयर भिटाली क्लित्स्कोले अत्यावश्यक कामबाहेक निजी सवारीसाधन प्रयोग गरेर सहरभित्र यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

आक्रमणका क्रममा एक महत्वपूर्ण पूर्वाधार संरचनामा समेत क्षति पुगेको छ। त्यस्तै, सात जना स्वास्थ्यकर्मी घाइते भएका छन्।

युक्रेनले केही दिनअघि रणनीतिक रूपमा महत्वपूर्ण क्रिमिया पुलमा ठूलो क्षति पुर्‍याएपछि रुसले प्रतिशोध लिने चेतावनी दिएको थियो। रुसले क्रिमियालाई आफ्नो भूभागसँग जोड्न उक्त पुल निर्माण गरेको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको आक्रमणको जवाफ दिने चेतावनी दिएपछि पछिल्लो आक्रमणलाई त्यसैको प्रतिशोधका रूपमा हेरिएको छ।

युक्रेनका विभिन्न सहरमा भएको पछिल्लो आक्रमणलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमणमध्ये एक मानिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।