समाज

मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय हाइस दुर्घटनामा डेढ वर्षीय बालक सुदीप यादव मृत्युको मुखबाट सकुशल फर्किएका छन्।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो।

दुर्घटनामा १० जनाले ज्यान गुमाए भने छ जना गम्भीर घाइते भएका छन्। तर, त्यही दुर्घटनाको कहालीलाग्दो दृश्यबीच डेढ वर्षीय सुदीपको सकुशल उद्धार हुनुलाई जीवनको चमत्कारपूर्ण पुनरागमनका रूपमा हेरिएको छ।

विज्ञापन

प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार थिए। बिहान ५:५५ बजे दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

पाँच सय मिटर गहिरो भिरमा खसेको सवारी, वरिपरि मृत्यु र घाइतेको कहालीलाग्दो दृश्य थियो तर त्यही दुर्घटनाबाट डेढ वर्षीय सुदीपको सकुशल उद्धार हुनु अहिले सबैभन्दा भावुक र आशाको खबर बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।