अपराध

मलद्वारमा लुकाएर ल्याइएको १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३ ग्राम ७७ मिलिग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीन जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन्।

आज बिहान करिब १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका वाङमाथि शङ्कास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो।

विज्ञापन

जाँचका क्रममा वाङको मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई ल्याएका चार वटा गोलाकार सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थको कुल तौल १ किलो ८०३ ग्राम ७७ मिलिग्राम रहेको छ।

प्रहरीले वाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।