मकवानपुरमा यात्रुबाहक ईभी गाडी दुर्घटनामा परेको छ। बिहीबार बिहान ५ः४५ बजे भिमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीका लागि जाँदै गरेको यात्रुबाहक ईभीमा चालकसहित १३/१४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय भिमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाको ११ जनाको टोली उद्धारका लागि खटिएको छ।

हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनामा परेकाहरूको अवस्था तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।