अर्थतन्त्र

भारतले दिने सबै २ खर्ब ४० अर्ब अनुदान हो ?

भारतले नेपाललाई घोषणा गरेको २४ हजार करोड रुपैयाँ विकास सहायतामध्ये करिब २३ प्रतिशत मात्रै अनुदान रहेको खुलेको छ। बाँकी १८ हजार ४०० करोड रुपैयाँ भने ऋण सुविधा (लाइन अफ क्रेडिट) हो।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी गरेको संयुक्त विज्ञप्तिमा सहायता रकमको विवरण उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार भारतले विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार परियोजना सञ्चालनका लागि ५ हजार ६०० करोड रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि १८ हजार ४०० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ।

विज्ञापन

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाललाई २४ हजार करोड रुपैयाँ विकास सहायता उपलब्ध गराउने घोषणा गरेका थिए। तर, उक्त रकम सबै अनुदान नभई अनुदान र ऋणको मिश्रण भएको संयुक्त विज्ञप्तिले स्पष्ट पारेको छ।

ऋण सुविधाको ब्याज अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँमा तिर्न सकिने व्यवस्था गरिएको छ। यसले नेपाललाई ब्याज भुक्तानीमा सहुलियत हुने अपेक्षा गरिएको छ। यद्यपि ऋण रकम भने सम्झौताका सर्तअनुसार फिर्ता गर्नुपर्नेछ।

उक्त सहायता परिचालनअन्तर्गत सञ्चालन हुने विशिष्ट परियोजना र सहयोग उपलब्ध गराउने प्रक्रिया दुवै देशबीचको आपसी परामर्शबाट अन्तिम रूप दिइने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।