कला तथा मनोरञ्जन

बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

नेपाली चलचित्र बजारमा फेरि घरेलु फिल्मको शक्ति देखिएको छ। अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत चलचित्र ‘बाटुलो जून’ ले प्रदर्शनको पहिलो दिनमै बक्स अफिसमा आक्रामक सुरुवात गर्दै दर्शकको ठूलो साथ पाएको छ।

भुवन केसीको निर्माण तथा निर्देशन रहेको चलचित्रले देशभरका सिनेमा हलमा उत्साहजनक दर्शक उपस्थिति पाएको हो। प्रदर्शनको पहिलो दिन चलचित्रले २६२ भन्दा बढी शो प्राप्त गरेको छ भने २०० भन्दा बढी शो हाउसफुल भएको वितरकको दाबी छ।

चलचित्रको प्रदर्शनअघि नै यसको टिजर र गीतहरूले दर्शकमाझ राम्रो चर्चा पाएका थिए। अनमोल केसीको नयाँ लुक्स, प्रिन्सी खतिवडाको आकर्षक प्रस्तुति तथा चलचित्रको मौलिक कथावस्तुले दर्शकलाई हलसम्म तान्न सफल भएको देखिन्छ।

विज्ञापन

विशेषगरी भारतीय चलचित्र ‘रामायण’ ले नेपाली हलमा बनाएको बलियो पकडका बीच ‘बाटुलो जून’ को ओपनिङलाई नेपाली चलचित्र उद्योगका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। ठूलो लगानीका विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्दै नेपाली फिल्मले पनि दर्शकको उल्लेख्य साथ पाउन सक्ने यसले देखाएको छ।

निर्माता सरोज न्यौपानेका अनुसार बिहान ११ बजेसम्म चलचित्रले ६२ लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको थियो। त्यस्तै, वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बताएका छन्।

वितरक श्रेष्ठका अनुसार बिहान ६ बजेदेखि नै चलचित्रका शोहरू दर्शकले भरिएका थिए। हालको व्यापारिक गति कायम रहे पहिलो दिनको कलेक्सन डेढ करोड रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

अनमोल केसीको करियरकै उल्लेखनीय ओपनिङ बन्ने अपेक्षा गरिएको ‘बाटुलो जून’ले आगामी दिनमा कस्तो व्यापार गर्छ भन्ने चासो अहिले चलचित्र बजारमा बढेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।