मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषय उठाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले एक वर्षअघि सामाजिक सञ्जालमा गरेको पोष्टलाई सेयर गर्दै प्रसाईंले भारत भ्रमणको शुभकामना दिँदै यस्तो आग्रह गरेका हुन्। उनले नेपालको सहमतिबिना लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत र चीनबीचको सहमतिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको बताएका छन्।
प्रधानमन्त्रीज्यू, भारत भ्रमणको हार्दिक शुभकामना! नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनबीचको सहमतिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको छ,’ सामाजिक सञ्जालमार्फत उनले भने, ‘लिपुलेक नेपालको अभिन्न भूभाग हो र नेपालको सहमतिबिना नेपालको भूमिबारे कुनै पनि निर्णय हुन सक्दैन भन्ने कुरा भारतलाई सम्झाउन नबिर्सनुहोला।’

त्यस्तै, प्रसाईंले बागडोगरा सैन्य विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न नदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।