खेलकुद

पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको हो।

पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा सर्वाधिक ८९ रनको योगफल बनाए। उनले सात चौका र दुई छक्का प्रहार गरे।

विज्ञापन

त्यस्तै कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए। उनले छ चौका र तीन छक्का प्रहार गरे। हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए।

नेपालका लागि बिपिन शर्माले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५८ रन खर्चेर तीन विकेट लिए। त्यस्तै सुशील रावलले दुई विकेट लिए भने सचिन भट्ट र अभय यादवले समान एक-एक विकेट हात पारे। नेपाल अहिले जवाफी ब्याटिङम उत्रेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।