समाज

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट आएको छ।

मंगलबार नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.३२ अंक, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।

कारोबार रकममा भने मंगलबार कारोबार भएको शुक्रबारको तुलनामा एक अर्ब ६८ करोडभन्दा बढीले वृद्धि भएको छ।

विज्ञापन

मंगलबार ३५३ स्टकको ४८ हजार ७८८ पटकको कारोबारमा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

गत शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।

मंगलबार अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.८४ प्रतिशत बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६ प्रतिशत र एपोलो हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। एभरेष्ट कलरको शेयरमूल्य भने ५.३६ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को २८ करोड ९१ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। घलेम्दी हाइड्रोको २० करोड रुपैयाँ र सेन्ट्रल फाइनान्सको साढे १९ करोड रुपैयाँ बराबरको कारोबार भयो।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ। बाँकी १२ उपसमूहको परिसूचक भने घटेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।