धादिङको रुबीभ्याली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो जिप बिहीबार राति करिब १:५५ बजे उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका– ४, बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।