धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक १५.३९ अङ्कले उकालो लागेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँमा खरिद-बिक्री भएको छ। आज १६५ कम्पनीको सेयर मूल्य बढ्यो भने १११ कम्पनीको घट्यो। ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८६ अङ्कले बढेर ४८२.३९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १.२५ अङ्कले बढेर १८३.८९ र सेन्सेटिभ फ्लोट सूचक १.५३ अङ्कले बढेर १६३.९५ विन्दुमा कायम भएको छ।

आज १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्यो भने २ उपसमूहको सूचक घट्यो।
नेप्सेका अनुसार एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटि होटललगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी, मानुषी लघुवित्त, मेन्छियाम हाइड्रोपावर र ओममेगा श्रीलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।