दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालन हुने पुरुष फुटबल प्रतियोगिताको शुभारम्भ खेलमा दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।
खेलकुद प्रतियोगिताको शुभारम्भ खेललाई दर्शकमैत्री बनाउन र रंगशालामा दर्शकको उत्साहजनक सहभागिता जुटाउने उद्देश्यले शुभारम्भ खेल सबै दर्शकका लागि निःशुल्क हेर्ने व्यवस्था मिलाइएको हो।
कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली रंगशालामा दिउँसो १ः०० बजे शुभारम्भ खेल आयोजना हुने तय भएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।