समाज

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने लुम्बिनी विकास कोषको प्रतिबद्धता

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य-सचिव ई. सन्तोष पाण्डेय लगायतको टोलीले शुक्रबार कपिलवस्तुको तिलौराकोट, निग्रोधराम कुदान र गोटीहावाको अवलोकन भ्रमण र निरीक्षण गरेका छन्।

दुई दिनअघि कोषमा आफ्नो पदभार ग्रहण गरेपछि उनीहरूले कपिलवस्तुस्थित ३ बुद्धस्थलको अनुगमन र निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा नवनियुक्त कोषकी उपाध्यक्ष डोल्मा र सदस्य सचिव पाण्डेयले आवश्यक तयारीसहित प्रस्तुत गर्दा समेत युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए।

विज्ञापन

आफूहरूले भ्रमण टोलीलाई तिलौराकोटको अध्ययन अनुसन्धान टोलीले लामो समयदेखि तयारीसहित आवश्यक प्रमाणसहितको डोसियर निर्माण गरी पेस गर्दा पनि तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसक्नु राजनीतिक कारण रहेको जानकारी दिँदै यसका लागि सरकारले नै ठोस पहल गर्नुपर्ने बताएको उप्रेतीले बताए।

नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवले तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न हदैसम्म लबिङ गर्ने र यस विषयमा प्रधानमन्त्रीसँग समेत कुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कपिलवस्तुमा रहेका ऐतिहासिक र पुरातात्विक स्थललाई नकारात्मक प्रभाव नपार्ने किसिमले संरक्षण र विकास गर्नुपर्ने बताइएको थियो।

बुद्धस्थलको संरक्षण र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाएर ल्याउन आफूहरूलाई टोलीले निर्देशन दिएको उप्रेतीले बताए। पुरातात्विक स्थलका रूपमा ती स्थलहरूलाई विकास र लबिङ गरी अघि बढ्ने आफूहरूको मुख्य योजना रहेको टोलीले बताएको थियो।

अवलोकनका क्रममा सम्पदाहरूको संरक्षण, प्रचारप्रसार लगायतका विषयमा जानकारी लिँदै टोलीले संरक्षण, विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बुद्ध तीर्थयात्री तथा पर्यटकलाई आकर्षित गर्ने स्थलका रूपमा विकसित गर्नुपर्नेमा जोड दिए। पूर्वाधार तथा सुविधासहितको स्थलका रूपमा अगाडि बढाउनुपर्ने उनीहरूको भनाइ थियो।

लुम्बिनी आउने पर्यटकलाई कपिलवस्तु समेत जाने गरी एकीकृत रूपमा विकास गर्ने गरी आफूहरूले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

टोलीलाई ती सम्पदाहरूको ऐतिहासिक पृष्ठभूमि, गरेका क्रियाकलाप र विकास लगायतका विषयमा लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले जानकारी गराएका थिए। टोलीमा नवनियुक्त २ परिषद् सदस्य, कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई, इन्जिनियर अफजल पठान लगायत रहेका थिए।

तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राजप्रासाद, निग्रोधराम कुदान सिद्धार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्नो परिवारसहित सयौँलाई संघमा प्रवेश गराएको स्थल तथा गोटिहवा क्रकुच्छन्द बुद्धको जन्मथलोका रूपमा मानिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।