खेलकुद

करण केसीको लगातार दुई बलमा दोहोरो झट्का, काठमाडौंविरुद्ध चितवन राइनोज दबाबमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा काठमाडौंविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले पावरप्लेमा २ विकेट गुमाउँदै सुस्त र संघर्षपूर्ण सुरुवात गरेको छ।

६.३ ओभरको समाप्तिमा चितवनले २ विकेटको क्षतिमा ४३ रन जोडेको छ। चौथो ओभरमा करण केसीले लगातार दुई बलमा दुई महत्वपूर्ण विकेट लिँदै चितवनलाई सुरुवाती दबाबमा पारे। उनले ३.१ ओभरमा १५ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाएका देव खनाललाई राशिद खानबाट क्याच आउट गराए।

लगत्तै अर्को बल अर्थात् ३.२ ओभरमा केसीले अनुभवी ब्याटर डेविड मलानलाई शून्य रनमै बोसिस्टोबाट क्याच आउट गराउँदै पभेलियन फर्काए। २२ रनको स्कोरमा लगातार २ विकेट गुमाएपछि चितवन संकटमा परेको थियो। केसीले २ ओभर बलिङ गर्दै २.५० को इकोनोमीमा मात्र ५ रन खर्चेर २ विकेट लिएका छन्।

विज्ञापन

दुई विकेट पतनपछि क्रिजमा कामिल मिशारा र कप्तान रवि बोपाराले इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका छन्। आक्रामक देखिएका मिशारा १३ बलमा २ छक्कासहित २० रन बनाएर अविजित छन् भने कप्तान बोपारा १० बलमा ४ रन जोड्दै क्रिजमा टिकेका छन्।

काठमाडौंका अन्य बलरमध्ये जहानदाद खानले २ ओभरमा १३ रन, सहन अराच्चिगेले १ ओभरमा ९ रन र सन्तोष यादवले १.३ ओभरमा १५ रन खर्चेका छन्। चितवनले अतिरिक्त २ रन पाएको छ भने विवेक यादव, कुशल मल्ल र उसामा मिरलगायतका ब्याटर आउन बाँकी नै छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।