खेलकुद

एसिया कप राइजिङ स्टार्सः युएईद्वारा नेपालसामु १२२ रनको सामान्य लक्ष्य

एसिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपाललाई युएईले १२२ रनको सामान्य लक्ष्य दिएको छ। दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भएको हो।

युएईका लागि मोहमद सहदादले ४०, हरप्रित सिंहले ३२ र नूरुल्लाह आयोबीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

युएईलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। आफ्नो स्पेलमा सन्दीपले ३ मेडनसहित मात्र ११ रन खर्चेर ३ विकेट लिएका हुन्। कुशलले ५ ओभर बलिङ गर्दै २ मेडनसहित १५ रनमात्र दिए।

विज्ञापन

नन्दन यादव, रसिद खान र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो। युएईका एक जना रनआउट भए।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारत एसँग ३०६ रनको फराकिलो हार ब्यहोरेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ। युएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान एसँग ६१ रनले पराजित भएको थियो।

लिगको आफ्नो अन्तिम खेलमा नेपालले म‌गलबार पाकिस्तान एसँग खेल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।