समाज

इमेज सहकारी ठगी: ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद, अरुलाई कति ?

पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा कास्की जिल्ला अदालतले तत्कालीन संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ गते उक्त फैसला गरेको हो। बचतकर्ताहरूले नेपालीलगायत १५ जनाविरुद्ध गत वर्ष दायर गरेको अभियोगमाथि सुनुवाइ गर्दै अदालतले सजाय तोकेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको अदालतका शाखा अधिकृत तारानाथ पोखरेलले बताए।

मुद्दामा जरिवानासँगै १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो माग गरिएको उनको भनाइ छ।

विज्ञापन

शाखा अधिकृत पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई ८ वर्ष कैद सजाय र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै, सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवानाको फैसला भएको उनले जानकारी दिए।

अर्का प्रतिवादीहरू निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद सजाय र २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको पोखरेलले बताए ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन्।

उनीमाथि पोखरा र बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना गरेको आरोप छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।