खेलकुद

अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा इंल्यान्ड विजयी

अस्ट्रेलियाविरुद्धको तीन खेलको एक दिवसीय शृंखला इंल्यान्डले २-१ ले जितेको छ।

बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा ९७ रनको जित निकाल्दै भ्रमणकारी टोली इंल्यान्डले एक दिवसीय शृंखला कब्जा गरेको हो। पहिलो खेलमा अस्ट्रेलिया ७ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा इंल्यान्डले १३५ रनले बाजी मारेको थियो।

इंल्यान्डले दिएको ३२९ रनको उच्च लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया ४६.५ ओभरमा २३१ रनमा समेटियो। कंगारु टोलीका लागि माट रेन्सोले सर्वाधिक ५५ रन बनाए।

विज्ञापन

अस्ट्रेलियालाई सस्तैमा समेट्न सोनी बाकरले ४ र लियाम डासनले ३ विकेट झारे।

यसअघि पहिला ब्याटिङ गरेको इंल्यान्ड पनि ४८.३ ओभरमा ३२८ रनमा अलआउट भएको थियो। उसका लागि बेन डुकेटले १३३, विल ज्याक्सले ५९ र टम बन्टनले ४४ रन बनाएका थिए।

अस्ट्रेलियाका लागि मात्र ५.३ ओभर बलिङ गरेका ज्याक एडवार्डले ४ विकेट झारे। माट रेन्सहको नाममा ३ विकेट रह्यो।

अस्ट्रेलिया भ्रमणमा रहेको इंल्यान्डले अब ५ खेलको टी२० शृंखला खेल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।