समाज

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ। धान काट्ने र भित्र्याउने समयमा मौसममा आएको परिवर्तनले किसान चिन्तित बनेका छन्।

जिल्लाका विभिन्न ठाउँमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको हो। भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले असिना पानीले धानबालीमा क्षति पुगेको बताए।

‘हिजो एक्कासि असिना पानी पर्‍यो,’ उनले भने, ‘पुनः दोहोरिने चिन्ता बढेको छ। फेरि असिना पानी परेमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ।’

विज्ञापन

उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन्।

धान पाकेर खेत पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ। असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर खेतमा सुकाइएको धानसमेत नष्ट हुने जोखिम रहेको किसानको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।