ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच

नेपाल खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडको नाममा रहेको ६० करोड मूल्य बराबरको जग्गा एक करोड २० लाखमा कारोबार भएको भेटिएको छ । म्याग्दीको बेनी बजारमा रहेको सो जग्गा कौडीको भाउमा बेचिएको पाइएको हो । त्यति बेला संस्थानका महाप्रबन्धक बेनीबहादुर रावल थिए।

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीस्थित बेनी बजारको तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको कित्ता नं २ खं १७९ र २ ख ३६४ को जग्गा कौडीको भाउमा किनबेच भएको पाइएको हो । नेकपा माओवादीका म्याग्दी इन्चार्ज समेत रहेका पौडेल २०६४ सालको संविधान सभा सदस्य रहेका थिए ।

पौडेलसहित प्रदीप सापकोटा, मीनबहादुर कार्की, नरेन्द्र कुमार श्रेष्ठ, र विष्णु प्रसाद गौतमको नाममा रजिष्ट्रेशन पास गर्न गरिएको मान्यूट नै नागरिकले फेला पारेको छ ।

विज्ञापन

खाद्य संस्थानबाट हेटौंडाका नरोत्तम दाहालमार्फत बेनी नगरपालिका–२ खवराका प्रदीप सापकोटाले साविकको अर्थुङ्गे गाविस–२ (ख) कित्ता नं १७९ क्षेत्रफलका २–५ ३–३ र ३६४ कित्ताको १–६–१–२ को जग्गा ५ भाग बनाएर एक भाग दोस्रो पक्ष अर्थात नेकपा माओवादी केन्द्रलाई दिने लिखित सहमति भएको थियो। तत्कालीन नेकपा (माओवादी पार्टी) शान्ति प्रक्रियामा आएसँगै उक्त खाद्य संस्थानको भवन र जमिन प्रयोग गरेर पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।