ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

३५ वर्षमुनिको युवा समूहमा मुस्लिम समुदायका मोजाहिद हकको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङका ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले ३५ वर्षमुनिको युवा समूहअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रदेशगत प्रतिनिधित्वसहित २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। हकले उक्त समूहमा आफू मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने देशभरीबाट एक मात्र उम्मेदवार रहेको दाबी गरेका छन्। ‘देशभरबाट ३५ वर्षमुनिको युवा समूहमा मुस्लिम समुदायबाट मेरो उम्मेदवारी एक जनाको मात्र रहेको छ,’ हकले भने।

विराटनगर–१७ निवासी हकले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको सहभागितासँगै कांग्रेसभित्रको समावेशी प्रतिनिधित्वसँग जोडेर हेर्न आग्रह गरेका छन्।

विज्ञापन

यस्तै मोरङकै रक्षा यादवले पनि कांग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छिन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुग्ने उद्देश्यसहित उनले उम्मेदवारी दिएकी हुन्। १४ औं महाअिधवेशन देखि नै कांग्रेसको राजनीतिमा सक्रिय भएकी यादवको राजनीतिसँगै शैक्षिक यात्रा पनि जारी छ। उनी विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्साशास्त्रको चौथो वर्षमा अध्ययनरत छिन्।

यादवले आफ्नो उम्मेदवारीलाई नयाँ पुस्ताको आवाज पार्टीको नीति निर्माण र नेतृत्व तहसम्म पुर्‍याउने प्रयासका रूपमा प्रस्तुत गरेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।