दाङ र ललितपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कुल ११ लाख ३ हजार ८७० रुपैयाँसहित ३४ जनालाई पक्राउ गरेको छ।
आइतबार रातिदेखि सोमबार बिहानसम्म भएका तीन छुट्टाछुट्टै कारबाहीमा १७ बुक ताससहित उनीहरू पक्राउ परेका हुन्।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ मासु मार्केटबाट आइतबार राति सोही उपमहानगरपालिका-५ बसपार्क बस्ने ५५ वर्षीय मोहमद अनिस कुरेसीसमेत १५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३० हजार २३५ रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो।
यस्तै, ललितपुरको गोदावरी नगरपालिका-६ टिकाभैरव भैसेस्थित भैसेडाँडा रिसोर्टबाट गए राति कोन्ज्योसोम गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव घिमिरेसमेत १४ जना पक्राउ परेका छन्।
प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६० हजार रुपैयाँ र २ बुक ताससहित नियन्त्रणमा लिएको हो।
यसैगरी, गोदावरी नगरपालिका-५ लेले चम्पेश्वरीस्थित ५१ वर्षीय यम कुमार श्रेष्ठको घरबाट सोमबार बिहान यम कुमारसमेत ५ जना पक्राउ परेका छन्।
प्रहरी वृत्त चापागाउँसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ६३५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।