ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

१७ उपसचिवको सरुवा, गृहबाट बाहिरिने धेरै

सरकारले निजामती प्रशासनका ४४ जना उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका निकायले विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयहरूमा कार्यरत उपसचिवहरूको सरुवा र पदस्थापन गरेका हुन्।

यसपटकको सरुवामा गृह मन्त्रालयको हेरफेर विशेष चर्चामा छ। गृह मन्त्रालयमा कार्यरत १७ जना उपसचिवलाई अन्य मन्त्रालय तथा निकायमा सरुवा गरिएको छ भने विभिन्न स्थानमा कार्यरत ६ जना उपसचिवलाई गृहमा ल्याइएको छ। अब गृह मन्त्रालयबाट बाहिरिने उपसचिवको संख्या भित्रिनेभन्दा ११ जना बढी रहेको छ।

सरुवा सूची अनुसार निजामती सेवाका ७ जना उपसचिवलाई विभिन्न जिल्ला समन्वय समितिमा जिल्ला समन्वय अधिकारीको जिम्मेवारी दिइएको छ। त्यस्तै, दुई जना उपसचिवलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।