सुविसु लिमिटेडले सेवाग्राही तथा साझेदारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै उनीहरूको आवश्यकता, अनुभव र सुझाव बुझ्ने उद्देश्यले होटल स्टारलाइट, नेपालगन्जमा ‘CONNECT–2026’ अन्तर्गत कर्पोरेट क्लाइन्ट मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ।
सुविसुले यस वर्ष २५ वर्षको यात्रा पूरा गरेको अवसरमा देशभर सेवाग्राही तथा साझेदारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आगामी दिनमा सेवा र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘CONNECT–2026’–‘Connections Beyond Connectivity’ अवधारणासहित कार्यक्रम अघि बढाएको हो। कार्यक्रममा नेपालगन्जलगायत धनगढी, कोहलपुर, दाङ, सुर्खेत र बर्दियाका कर्पोरेट सेवाग्राही पनि सहभागी भएका थिए।
कार्यक्रममा सुविसुका Senior Vice President – Enterprise Business, Dipesh Maskeyले २५ वर्षको यात्रामा सेवाग्राहीको विश्वास र सहकार्य कम्पनीको महत्वपूर्ण आधार रहेको बताए। उनले बदलिँदो आवश्यकता र प्रविधिअनुसार सेवा सुधार गर्दै सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमहरू आगामी दिनमा नेपालका अन्य क्षेत्रमा पनि सञ्चालन गर्ने जानकारी दिए।

कार्यक्रममा सुविसुले आफ्नो मुख्य सेवा इन्टरनेट तथा नेटवर्क कनेक्टिभिटीसँगै अन्य आईटी सेवाहरू पनि सञ्चालनमा ल्याएको जानकारी गराएको थियो। त्यस्ता आईटी सेवाहरूअन्तर्गत कर्पोरेट स्तरको इमेल समाधान ‘Mail 360’, सुरक्षित इन्टरनेट सेवा ‘SafeNET’ तथा अन्य क्लाउड सेवाहरूबारे पनि जानकारी गराइएको थियो। साथै, सुविसुले SafeNETलाई नेपालकै पहिलो र एकमात्र सुरक्षित इन्टरनेट सेवाका रूपमा प्रस्तुत गरेको थियो।
साथै, Small and Medium Business (SMB) लक्षित गर्दै विभिन्न IT सेवाहरू एउटै प्याकेजमा बन्डल गरिँदा विभिन्न व्यावसायिक आवश्यकता एउटै माध्यमबाट पूरा गर्न सकिने, एकभन्दा बढी विक्रेतासँग समन्वय गर्नुपर्ने आवश्यकता घट्ने तथा लागतलाई समेत थप प्रभावकारी बनाउन सकिने भएकाले सुविसुले त्यस्ता विभिन्न कर्पोरेट प्याकेजहरू Cloud 360, Connectifi, Hospitality 360, SMB 360, Connect 360 र तिनका विशेषताबारे कार्यक्रममा जानकारी गराएको थियो।
कार्यक्रममा प्राप्त सुझाव तथा अनुभवलाई आगामी सेवा सुधारमा उपयोग गरिने सुविसुले जनाएको छ।
२५ वर्षको अनुभव र विश्वासलाई आधार बनाउँदै सुविसु आगामी दिनमा अझ राम्रो सेवा, नवीन समाधान र बलियो सम्बन्धसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।