ब्रेकिङ न्युज
विज्ञापन
समाज

सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृ*त्यु

उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन्।

असोज २३ गते बिहान करिब १०ः२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ आउँदै गरेको पानी बोकेको को।प्र।०५–००१ च ०१९० नम्बरको पिकअप जिपमा सोही दिशाबाट आउँदै गरेको को।प्र।०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किएको थियो।

दुर्घटनामा त्रियुगा नगरपालिका–११ निवासी शिवकुमार सदाकी दुई वर्षीया छोरी रागिनी सदा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा दिउँसो १२ः५६ बजे उपचारका क्रममा मृत्यु भएको हो।

विज्ञापन

दुर्घटनामा ७० वर्षीया कन्नि सदा पनि घाइते भएकी छन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजातसमेत साथमा नभएको खुलेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।