ब्रेकिङ न्युज
विज्ञापन
समाज

काठमाडौंका यी क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं उपत्यकाका मातातीर्थ, स्युचाटारलगायत क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइन बन्द गरेर स्तरोन्नतिको काम गरिनेछ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले प्रसारण लाइनमा रहेको पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गरिरहेको छ। यसका लागि डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा करिब चार सय मिटर तार बदल्न बाँकी छ।

विज्ञापन

पुरानो कम क्षमताको कन्डक्टरको सट्टा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागिएको हो। काम सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने, बढ्दो माग व्यवस्थापन गर्न सहज हुने र विद्युत् प्रणाली थप भरपर्दो बन्ने अपेक्षा गरिएको छ।

प्रसारण लाइन बन्द रहने समयमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ।

निर्धारित समयमै काम सक्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कामको तालिका परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।