ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

‘सांसद सांसदजस्ता भएनन्, सबै रोबर्टजस्ता भए’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्वसांसद रामनारायण बिडारीले संसदमा सांसदहरूले आफ्नो विवेक प्रयोग गर्न नपाएको बताएका छन्।

उनले सांसदहरूलाई कुन विषयमा ह्विप लाग्ने र कुन विषयमा नलाग्ने भन्ने विषयमै ध्यान नदिई जेसुकै विषयमा ह्विप लगाउने गरिएको बताए।

‘कुनै पनि सांसद सांसद हुनै सकेनन्, सबै रोबर्टजस्ता भए। सांसदहरूलाई कहिले ह्विप लाग्छ, कुन विषयमा ह्विप लाग्छ, त्यो मतलब गरेनन्। जेसुकै कुरामा ह्विपका कुरा गरे,’ बिडारीले भने।

विज्ञापन

सांसदहरूको विवेकमाथि ह्विप लगाउनु संसदीय अभ्यासविपरीत भएको उनको भनाइ छ। नेपालकै राजनीतिक दलसम्बन्धी कानुनले पनि निश्चित चारवटा विषयमा मात्र ह्विप लगाउन सकिने व्यवस्था गरेको उनले बताए।

‘यो पृथ्वीभरमा कुनै पनि संसदीय व्यवस्थामा विधेयकमाथि छलफल हुँदा ह्विप लाग्दैन। यहाँ लगाइयो,’ उनले भने, ‘हाम्रै नेपालको कानुनले पनि चारवटा विषयमा मात्र ह्विप लाग्छ भनेर राजनीतिक दलसम्बन्धी ऐनले स्पष्ट पारेको छ।’

बिडारीले विगतमा सत्ता र सरकार सञ्चालन गर्नेहरूले सांसदलाई ‘रोबर्ट’ बनाएजस्तै अहिलेको सरकारले पनि त्यही प्रवृत्तिलाई निरन्तरता दिइरहेको आरोप लगाए।

‘मन्त्री हुन पाइन्छ कि भन्ने डरले मन्त्री भइसकेकाहरूले र सत्ता र सरकार चलाउनेहरूले जसरी सांसदलाई रोबर्ट बनाए, हो, त्यही रोबर्ट अहिलेको सरकारले पनि बनाउँदै छ,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।