प्रहरीले सवारी ज्यान मुद्दामा कैद र जरिवाना भुक्तान गर्न बाँकी एक फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार पक्राउ पर्नेमा झापा जिल्लाको कन्काई नगरपालिका वडा नं ९ का जीवन चौलागाँई रहेका छन्। यादवका अनुसार चौलागाँईलाई इलाका प्रहरी कार्यालय अनारमनी को समन्वयमा कन्काई नगरपालिका वडा नं ९ स्थितबाट नियन्त्रणमा लिईएको हो।
चौलागाँईलाई ताप्लेजुङ जिल्ला अदालतले सवारी ज्यान मुद्दामा दोषी हठर गर्दै २०७० साल फागुन २५ गते कैद र जरीवाना हुने फैसला सुनाएको थियो। चौलागाँईले १ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।